सहकारी संस्थाबाट ऋण लिन के गर्नु पर्छ ?
२०७५ पुष २९, आईतवार
- तपाईले सदस्य बनेको ६ महिना पछि मात्रै ऋण लिन मिल्छ
- वैदेशिक रोजगारीमा जानको लागि पनि धेरै मानिसहरुले सहकारीबाट ऋण लिने गरेको भेटिन्छ
- ऋण लिदा प्राय जसो सहकारी संस्थाहरुले १५ प्रतिशत देखि २० प्रतिशत सम्म वार्षिक ब्याज लिने गर्दछन्
- नेपालमा करिव १३ हजार ४ सय भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु छन्, तपाइको स्थानीय ठाउँमा पनि हुन सक्छन्
- धेरैजसो सहकारी संस्थाहरुले थोर्है रकम (५,०००-१०,०००) बिना धितो नै दिइन्छ
- बिना धितो ऋण लिदा धेरै जसो त्यसै सहकारीका अन्य सदस्यहरुले जमानी बस्नु पर्ने हुन्छ
धेरैजसो सहकारी संस्थाबाट अलि बढी रकम (५,०००-१०,००० भन्दा बढी) ऋण लिनु परेमा आफ्नो धनीपुर्जा, सुनचाँदी आदी धितो राख्नु पर्छ
ऋण लिनको लागि राखेको धितोको नियमित कर तिरेको हुनु पर्दछ
अभिलेख
लोकप्रिय