२५ असोज २०८१, शुक्रबार

संस्था परिचय: चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड

२०७५ जेठ ४, शुक्रबार
संस्था परिचय: चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड

आवद्धता :

chandragiri

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड
चन्द्रागिरि नगरपालिका–७
फोन : ०१–४३१३०५८

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको पश्चिमतर्फ चन्द्रागिरि पहाडको उत्तरी काखमा रहेको चन्द्रागिरि नगरपालिका–७ (साविक थानकोट महादेवस्थान–७) मा रहेको छ ।

वि.सं.२०५८।०१।०६ गते संस्था दर्ता भएर यस संस्थाले औपचारिकरुपमा कारोबार थालेको थियो । स्थापनाको १० वर्षभित्र यस संस्थाले कारोबार तथा सदस्य सेवा सहज बनाउन सुविधासम्पन्न भवन निर्माण गरी सम्पूर्ण वित्तीय कारोबारका साथै सभाकक्ष र पुस्तकालय पनि सञ्चालन गरेको छ । काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थामा हाल १० हजारभन्दा बढी सदस्य छन् । यस संस्थामा १४० करोडको वासलात रहेको छ । सदस्य सेवाका लागि संस्थामा २९ जना कर्मचारी कार्यरत छन् ।

 जिल्ला सहकारी संघ लिमिटेड
 नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)
 काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड
 राष्ट्रिय सहकारी बैक लिमिटेड
 

परिकल्पना

चन्द्रागिरिको चाहना–समुन्नत समाजको सिर्जना

लक्ष्य

– सदस्यहरूको बचत तथा अन्य लगानीमा न्यायोचित प्रतिफल दिने एवम् सहुलियत ब्याजदरमा सदस्यहरूलाई नै ऋण प्रवाह गरी आत्मनिर्भरताका लागि उद्यमशिलता र स्वरोजगारका लागि उत्प्रेरित गर्ने ।
– सामुहिक हितका लागि सेवा तथा आयमुलक परियोजना सञ्चालनमा सहयोग गर्ने ।
– सदस्य र समुदायका लागि शिक्षा, स्वास्थ्य, सिपमुलक तथा सामाजिक सचेतना कार्यक्रम आयोजना गर्ने ।

मुख्य कार्य

सहकारिताको मूल्य मान्यता अनुरूप संस्थाको कार्यक्षेत्रका व्यक्तिहरूलाई सदस्यता प्रदान गर्ने र सदस्यहरुबाट बचत सङ्कलन गरी सदस्यहरूलाई नै ऋण प्रवाह गरी आत्मनिर्भर बनाउन स्वरोजगार र उद्यमशिलताको वातावरण तयार गर्ने ।

विशेषता

कार्यालय सञ्चालन : संस्थाको कार्यालय ३६५ दिन नै सञ्चालन हुन्छ । सार्वजनिक बिदा तथा शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म र अन्य दिन बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सेवा सञ्चालन हुन्छ ।
– सम्पूर्ण सेवा एकै छानाभित्र कम्प्युटर प्रणालीबाट बचत ऋण लगायत रेमिट्यान्स, मोबाइल रिचाजै, बिजुलीको बिल, टेलिफोन र इन्टरनेट बिल भुक्तानी सेवा प्रदान गरिन्छ ।
– सामाजिक सुरक्षण सेवा अन्तर्गत सदस्यहरुलाई दुर्घटना राहत, स्वास्थ्योपचार, काजकिरिया अनुदान, आपतकालीन सहयोग, एम्बुलेन्स र शवबहान सेवा प्रदान गरिएको छ ।
– संस्थाको बचत र ऋणको स्प्रेड दर ५ प्रतिशतभन्दा कम रहेको छ ।
– नियमित लाभांश वितरण तथा संरक्षित पँुजी फिर्ता कोषबाट सदस्यहरू लाभान्वित भइरहेका छन् ।

अन्य गतिविधि

– संस्थाको वार्षिकोत्सवमा नियमित र अन्य आपतकालीन अवस्थामा समेत रक्तदान कार्यक्रम
– स्वास्थ्य शिविर, निःशुल्क मोतियाविन्दु शल्यक्रिया र महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम
– मानसिक तथा शारीरिक स्वस्थताका लागि योग ध्यानसम्बन्धी कार्यक्रम
– सामूहिक ब्रतबन्ध तथा अन्य सामाजिक जागरणका कार्यक्रम
– बाढीपहिरो, भूकम्प र अन्य कारणबाट उत्पन्न विपद् समाधानका लागि स्थापित कोषमा आर्थिक, मानवीय र भौतिक सहयोग
– आर्थिकरूपले कमजोर तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रावृत्ति प्रदान
– स्थानीय सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास र खानेपानी आयोजना सञ्चालनमा सक्रिय सहभागिता
– संस्थाको कार्यक्षेत्रमा रहेका विभिन्न सामाजिक, धार्मिक तथा सामुदायिक संघ संस्थाहरूलाई आर्थिक तथा अन्य भौतिक सहयोग
– स्थानीयस्तरमा रहेका विभिन्न समस्याहरू :  सार्वजनिक यातायातका समस्या, ट्राफिक व्यवस्थापन, सरसफाइ लगायत अन्य विविध समस्या समाधानका लागि विभिन्न निकायसँग सहकार्य
– युवा सशक्तिकरणका लागि खेलकुद प्रतियोगिताहरूको आयोजना
– ज्येष्ठ सदस्यहरूलाई सम्मानस्वरूप वार्षिकरूपमा तीर्थयात्रा र उत्कृष्ट कारोबार गर्ने सदस्यलाई भ्रमणको अवसर
– राष्ट्रियरूपमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका संस्था र ब्यक्तिहरूलाई सम्मान
– स्थानीयस्तरमा वातावरण संरक्षणका लागि प्लास्टिक झोलामुक्त अवधारणाअनुरूप सदस्यहरूमा पुनःप्रयोग गर्न सकिने कपडाको झोला नियमित वितरण
– स्थानीय तीर्थस्थलहरूमा बिशेष मेला वा जात्राहरूमा यातायात, विश्रामस्थल र पिउने पानीको लगायत अन्य आवश्यक व्यवस्था

सामाजिक सुरक्षणका सेवा

– सदस्यका परिवारको मृत्यु भएमा रू.५,०००।– र सदस्यको मृत्यु भएमा न्यूनतम् रू.५,०००।– देखि रू.१५,०००।– सम्म काजकिरिया सहयोग
– दुर्घटनामा सदस्यको मृत्यु भएमा रू.१,००,०००।– सम्म दुर्घटना राहत सहयोग
– सदस्य अस्पतालमा भर्ना भएर उपचार गरेमा वार्षिक रू.३०,०००।– सम्म स्वास्थ्योपचार सहयोग
– सुरक्षित मातृत्व (प्रसुति) कार्यक्रममा रू.५,०००।– सम्म आर्थिक सहयोग
– सदस्य वा सदस्यका परिवारलाई आपतकालीन अवस्थामा बिनाव्याज ७५ दिनसम्मका लागि रू.१५,०००।–सापटी

एम्बुलेन्स र शवबहान सेवा

 संस्थाले सदस्य, अशक्त, असहाय, विपन्नवर्गलाई निःशुल्क एम्बुलेन्स तथा शवबहान सेवा प्रदान गर्दै आएको

वित्तीय सेवा

सदस्यहरूको सामाजिक आवश्यकता परिपूर्ति, स्वरोजगार र आत्मनिर्भरताका लागि १७ किसिमका ऋण प्रवाह गर्दै सदस्यहरूलाई ६ किसिमका बचत सेवा प्रदान गरिएको छ ।

रेमिट्यान्स सेवा

  • स्वदेश र विदेशका कुनै पनि स्थानबाट पठाएको रकम संस्थाबाट उपलव्ध हुन्छ ।
  • संस्थाबाट देशका कुनै पनि स्थानमा रकम पठाउन सकिन्छ ।

अभिलेख

लोकप्रिय